You are viewing the translated version of तथ्याङ्क सम्बन्धी विवरण.

Section 110
तथ्याङ्क सम्बन्धी विवरण
(१) ऐनको दफा १५७ बमोजिम प्राधिकरणले बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकबाट सङ्कलन गर्ने तथ्याङ्क वा आवधिक रूपमा प्राप्त गर्ने विवरण, सूचना तथा जानकारी विद्युतीय माध्यमबाट लिनु पर्नेछ।

(२) प्राधिकरणले देहाय. बमोजिमको बीमा क्षेत्रसँग सम्बन्धित काम, कारबाही, विवरण तथा तथ्याङ्क मासिक रूपमा सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नेछ:-

(क) बीमा क्षेत्रसँग सम्बन्धित मुख्य सूचकाङइ,

(ख) जोखिमाङ्कन, पुनर्बीमा र दाबी सम्बन्धी विवरण,

(ग) बीमा दाबी उजुरी, गुनासो र मध्यस्थता सम्बन्धी विवरण,

(घ) प्राधिकरणको आवधिक गतिविधि ।

(३) उपनियम (१) बमोजिमको विवरण प्राधिकरणले वेबसाइटमा प्रकाशन गर्नेछ।